अर्को ब्यबस्था नहुँदा सम्म नेपाल टेलिकमको चाबी प्रतिभा वैद्यले पाईन्

  • प्रकाशित मिति : २०७८ पुष १६, शुक्रबार
  • chhanbin.com

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन् । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको तीन वर्षे कार्यकाल सकिन एक हप्ता अघि नै बिदामा बसेपछि सरकारले निमित्त प्रबन्धमा वैद्य नियुक्त गरेको हो ।

अधिकारीको कार्यकाल पुस २२ मा सकिँदैछ । वैद्य हाल टेलिकमको प्रमुख प्राविधिक अधिकृतमा कार्यरत छिन् । नयाँ प्रबन्ध निर्देशक नियुक्ति नहुँदासम्म वैद्य निमित्त प्रबन्ध निर्देशकको रुपमा कार्यरत रहनेछिन् ।