निरन्तर घटेको सुनको मूल्य आज ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • प्रकाशित मिति : २०७८ पुष १६, शुक्रबार
  • chhanbin.com

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ६ सयले बढेको हो। बिहीबार चार सयले घटेको सुनको मूल्य शुक्रबार भने ६ सयले बढेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहिबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।