बाक्लो कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प, जहाज ल्याण्ड हुन नसकेर आकाशमै

  • प्रकाशित मिति : २०७८ पुष १६, शुक्रबार
  • chhanbin.com

बाक्लो कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र बाह्य उडान प्रभावित भएको छ । भिजिबिलिटी शून्य भएपछि त्रिभुवन विमानस्थलबाट उडान र अवतरण दुवै हुन् नसकेको हो ।

त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी कम हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएका छन् । भिजिबिलिटी शून्य भएपछि कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुईवटा (जेजेडआर १५४१ र जेजेडआर ५३९) जहाज ल्याण्ड हुन नसकेर आकाशमै फन्को लगाइ रहेका छन् । ती जहाजले (बिहान ९ बजेसम्म)आकाश ९ बढी फन्को लगाइसकेका छन्।