बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै अवतरण र उडान प्रभावित

  • प्रकाशित मिति : २०७८ पुष १६, शुक्रबार
  • chhanbin.com

शुक्रबार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान प्रभावित भएको छ।

हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमान स्थल प्रशासनले जनाएको छ। भिजिबिलिटी कम भएका कारण दुवै उडान बन्द भएको विमानस्थल टर्मिनल कार्यालयले जनाएको छ।

काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। तर, हुस्कुका कारण भिजिबिलिटी घटेकाले उडान प्रभावित भएको हो।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानमा रहेका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ।

यतिबेला भिजिबिलिटी कम भएकाले कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुईवटा जहाज सिमरामाथिको आकाशमा फन्को लगाइरहेको विमान स्थल प्रशासनले जनाएको छ।