रेश्माको कोइली स्वरमा आयो बजारमा ‘मूगाको माला’

  • प्रकाशित मिति : २०७८ पुष १५, बिहीबार
  • chhanbin.com

नयाँ सेलो म्युजिक भिडियो ‘मूगाको माला’ सार्वजनिक भएको छ । गायिका रेश्मा बमजनको कोइली स्वरमा सजिएको उक्त भिडियोको यत्र,तत्र सर्बत्र चर्चा चल्न थालेको छ। उक्त गीत कुमार स्याङ्बाको सुन्दर शब्दमा सजिएको छ भने सङ्गीतमा चन्द्रकुमार दोङको मेहनत पोखिएको । त्यस्तै एरेन्ज फणीन्द्र राईले आफ्नो निख्खर क्षमता देखाएका छन्। दिपेश प्रधानको मिक्सिङले गीत उम्दा बनेको छ।

युवराज वाईबको निर्देशनमा तयार पारिएको भिडियोमा सागर प्रधानले छायाङ्कन गरेका छन् भने विकेश दाहालले सम्पादन गरेका छन् ।

भिडियोमा निरान्जली, कुन्सङ र रजनीले फिचरिङ रहेको छ । पद्मकन्या क्याम्पसबाट बिम्युज गरेकी गायिका बमजनले यसअघि यो कान्छीको, के सारो हेरेको, डम्फु र सेलो, सोल्टिनी मैच्याङ, तामाङकी चेली, गोरी गोरी मैच्याङ, अम्मैले होइ लगायतका गीतहरू बजारमा ल्याएकी छिन् ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्।