सानिमा बैंकको अफर, ३ जनाले आइफोन १३ र दुई जोडीलाई इन्डोनेसिया भ्रमण जाने अवसर

  • प्रकाशित मिति : २०७८ पुष १५, बिहीबार
  • chhanbin.com

नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि “सानिमा सजिलो ई–बैंकिङ नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो ई–बैकिङ मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् । मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा संचालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन १०० रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैकिङ्ग एप सानिमा सजिलो ई–बैकिङ प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्नेछ ।

यो योजना जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागू हुनेछ । सानिमा बैंककोे मोबाइल बैकिङ्ग एपबाट डाउनलोड गर्न सकिन्छ । साथै नजिकैको शाखामा सम्पर्क गरी कारोबार सुचारु गर्न सकिनेछ । सानिमा बैंकको देशभर ११९ वटा कार्यालय र ९७ वटा एटीएम संचालनमा रहेका छन् ।