भेरी अस्पतालको क्वार्टरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ पुष १५, बिहीबार
  • chhanbin.com

नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको क्वार्टरमा बसेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भट्टराईसहित उनका तीन महिनाको छोरा इसन, आमा कोपिला र दिदी नन्दाकली रहेको प्रहरीले जनाएको छ । धर्मप्रसादकी श्रीमती सुशीला, तीन वर्षको छोरा दिवस र भाइ नरेन्द्र घाइते छन् ।

उनीहरूकाे उपचार भइरहेको छ । जाडोबाट जोगिनका लागि कोइला बालेर सुतेकाहरूको निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।