सुनको मूल्य बिहीबार घटेको छ। आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।