अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने

  • प्रकाशित मिति : २०७८ पुष १४, बुधबार
  • chhanbin.com

अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ विधिबाट साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले माघ ५ गते बोलाएको साधरण सभामा बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको हो ।

यस्तै, कम्पनीले सभामा अधिकृत पूँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि लैजाने भएको छ । यसैगरी, सभामा आर्थिक वर्ष २ं०७७/७८ को वार्षिक प्रतिवेदन पेस गर्ने, आर्थिक वर्ष २ं०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायत एजेन्डा लैजाने भएको छ ।

अर्घाखाँची सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । कम्पनीले हाल क्लिंकर, ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।