खगोल विज्ञान र मौसम विज्ञान अनुसार जाडो याम शुरु हुने दुई मिति हुन्छ। खगोल विज्ञानका अनुसार जाडो याम शुरु हुन सूर्यको वरिवरि पृथ्वीको अक्ष र हिउँद यामको संक्रान्तिबाट जोडा शुरु भएको मान्न सकिन्छ। यो २१ देखि २२ डिसेम्बरमा पर्छ।
तर, मौसम विज्ञानका अनुसार जाडो याम १ डिसेम्बरबाट शुरु हुने मानिन्छ।
जाडो याममा पृथ्वी र सूर्य एकअर्काको नजिक हुन्छ। पृथ्वीको उत्तरी गोलार्ध जाडो याममा सूर्यको नजिक हुन्छ। १३ जनवरीतिर पृथ्वी सूर्यको नजिक पुगेको हुन्छ। अन्य समयभन्दा यो समयमा पृथ्वी र सूर्यको दूरी यो समयमा निकै कम हुन्छ। यो समयमा पृथ्वी सूर्यबाट जम्मा ३ दशमलव १ मिलयन माइलमात्रै टाढा हुन्छ। गर्मी यामको तुलनामा पृथ्वी र सूर्यबीचको यो दूरी निकै कम हो।
मौसमकै कारण पृथ्वी र सूर्यको दूरी कम हुने होइन तर यसले पनि केही प्रभाव भने अवश्य पनि पार्छ। जाडो यामका अन्य प्रसंगहरू।
जाडो यामको हालसम्मकै न्यून तापक्रम
विश्वमा नै हालसम्म जाडो यामको तापक्रम माइनस २७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ। बेलायतमा मापन गरिएको यो तापमान हालसम्म तीन पटक मापन गरिएको छ। बेलायतको ब्रेमार शहरमा दुई पटक ११ फब्रुअरी १८९५ र १० जनवरी १९८२ मा र बेलायतकै अल्टनाहरी शरमा ३० डिसेम्बर १९९५ मा यो तापमान मापन गरिएको हो। तत्कालीन समयमा बेलायतमा रहेको स्कटल्यान्डको हाइल्याण्डमा यो तापमान मापन गरिएको हो। स्कटल्याण्ड हाल छुट्टै देशका रुपमा रहेको छ यद्यपि स्वतन्त्र देश भने होइन।
सन् १९६३ को जाडो यामलाई हालसम्मकै जाडो वर्षका रुपमा मापन गरिएको छ। सन् १७४० पछि यो उक्त वर्षको जाडोलाई युरोपमा अत्यधिक जाडो भएको वर्षका रुपमा लिइन्छ। त्यो वर्ष तापमान निरन्तर माइनस २० डिग्री सेल्सियस मापन गरिएको थियो।