४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, भोलि सार्वजनिक बिदा दिने निर्णय हुँदै

  • प्रकाशित मिति : २०७८ पुष १४, बुधबार
  • chhanbin.com

गृहमन्त्रालयले बिहीबार सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। बिहीबार गुरुङ समुदायको महत्त्वपूर्ण पर्व तमु ल्होसार भएकाले सार्वजनिक बिदाका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने तयारी गरेको हो।

आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ। गृहले बिदाका लागि क्याबिनेटमा प्रस्ताव लैजान लागेको हो। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन्। श्रोतका अनुसार ४ बजेको बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गर्ने पक्कापक्की जस्तै छ। निर्णय हुन् मात्र बाँकी हो।