यी तीन जिल्ला बाहेकका अरू जिल्लामा खुल्यो प्रावि शिक्षकको विज्ञापन, कुन जिल्लामा कति ?

  • प्रकाशित मिति : २०७८ पुष १४, बुधबार
  • chhanbin.com

शिक्षक सेवा आयोगले प्राथमिक तहमा आवश्यक शिक्षक छनौट गर्न विज्ञापन खोलेको छ । समावेशी सिद्धान्त अनुसार विभिन्न ९ वर्गमा १३ हजार ९३ पदका लागि विज्ञापन खोलिएको हो ।

काठमाडौं उपत्यका भित्रका काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाका लागि भने विज्ञापन खोलिएको छैन । शक्ति, सत्ता र शिक्षा मन्त्रालयमा पहुँच पुर्याउनेहरुले सुगम क्षेत्र रोज्दै उपत्यकामा नै दरबन्दी कायम गरेका कारण यी जिल्लामा आवश्यकता भन्दा धेरै शिक्षक रहेका छन् ।

आवश्यक ठाउँमा शिक्षक नहुने र आवश्यक नभएको ठाउँमा शिक्षक थुप्रने हुँदा सरकारले चालु आर्थिक बर्षको बजेटमा शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने र प्राथमिक तहमा बढी हुने दरबन्दी माध्यमिक तहमा रुपान्तरण गरी बढी भएको दरबन्दी खारेज गर्ने उल्लेख गरेको थियो ।

बजेट वक्तव्यको बुँदा २१८ मा उल्लेख उक्त व्यवस्था कार्यान्यन गर्न आवश्यक काम नभए पछि शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सामान्य अवस्थामा जस्तै खाली दरबन्दीको विवरण मात्रै आयोगलाई उपलब्ध गराएको थियो । बजेटको उक्त बुँदा कार्यन्वयनमा आवश्यक कार्य नभए पछि आयोगले सामान्य अवस्थामा जस्तै गरी विज्ञापन खोलेको हो । यस अघि नै आयोगले निमावि र मावि तहका लागि विज्ञापन खोलिसकेको छ ।

बुधबार खोलिएको प्राथमिक तहको विज्ञापन अन्तरगत आगामी माघ १३ गते सम्म फारम भर्ने म्याद छ । लिखित परीक्षा भने आगामी चैत १९ गतेका लागि तोकिएको छ ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्।