जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यू हुनेको संख्या ६ पुग्यो

  • प्रकाशित मिति : २०७८ पुष १३, मंगलवार
  • chhanbin.com

रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय जीप दुर्घटना भएको हो।

रौतहटको गढीमाई नगरपालिका–३ गम्हरियाबाट परोहा नगरपालिकाको नरकटियामा जन्ती आएर फर्किनेक्रममा उक्त जीप मंगलबार अहराह्न दुर्घटनामा परेको हो।

जीपमा ९ जना सवार थिए। दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनाको गरुडाका विभिन्न अस्पतालमा तथा एक जनालाई उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बेला सो जीप गरूडामा दुर्घटनामा परेको उनले बताए। घाइते तीन जनाको गरुडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलिसकेको छैन।