एमाले परित्याग गरेकालाई कांग्रेस केन्द्रीय सदस्य गुरुङले नेपाली कांग्रेसमा भित्र्याए

  • प्रकाशित मिति : २०७८ पुष १३, मंगलवार
  • chhanbin.com

कांग्रेस प्रवेश गर्नेको मनाङ्गमा लर्को लाग्ने संकेत देखिएको छ। मनाङ्ग कांग्रेसको दुई कार्यकाल सभापति बिताएर त्यो भेग बाट पहिलो पटक नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य बनेका पूर्व मन्त्री टेक बहादुर गुरुङका कारण मनाङ्गमा अन्य पार्टीमा आबद्द धेरैले कांग्रेस प्रवेश गर्न खुट्टा उचालिसकेको बुझिएको छ।

पूर्व मन्त्री गुरुङ्गको सक्रियताले मनाङ्गमा एकछत्र छाप छोडेको र अन्य पार्टीका जिल्ला तहका नेताले समेत केन्द्रीय सदस्य गुरुङको विकाशवादी कामको तारिफ गरेका कारण सिंगो मनाङ्ग कांग्रेसमय बन्ने लक्षण देखिएको हो। पछिल्ला दिनमा मनाङ्गमा गुरुङको विकल्प नभएको जिल्लाका अगुवाले निचोड निकालेका छन्।

मनाङ डिस्याङ गा.पा.वडा नं. १ पिसाङ निवासी मिच्चुङ भनेर चिनिने टसी छिरिङ गुरुङएमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका छन्। उनी मात्र होइन उनी जस्ता सयौ एमालेका सक्रिय कार्यकर्ताले केन्द्रीय सदस्य गुरुङको हात बाट टिका लगाएर कांग्रेस प्रवेश गर्ने रहर गरेको बुझिएको छ। पूर्व मन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुङले नवप्रवेशीलाई सदस्यता सहित स्वागत गरेको मनाङ्ग कांग्रेसका सचिव सुरेन्द्र गुरुङले बताए।