२ अंकले नेप्से घट्दा आज थला परेका यी हुन् एक दर्जन कम्पनी, कुनको अबस्था कस्तो ?

  • प्रकाशित मिति : २०७८ पुष १३, मंगलवार
  • chhanbin.com

सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । हिजो एकैदिन ६९ अंकले घटेको बजार आज २ अंकले घटेको हो । सूचकमा झिनो गिरावट आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार साढे २ अर्बले घटेर ३ अर्बम सीमित भएको छ ।

सोमबार सेयर बजार मापक सूचक नेप्से २.६६ अंकले घटेर २५१८.९९ विन्दुमा आइपुगेको छ । आज २३० कम्पनीको ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँ बराबरको ५८ लाख २८ हजार ७८३ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ वटाको राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.१७ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समूह पनि ०.५४ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका २३० कम्पनीमध्ये ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको घटेको छ । १३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको २६ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक २५ करोड र नेपाल पुनर्बीमा झन्डै १३ करोडको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

झिनो अंकले घटेको बजारमा आज मध्यभोटेकोशी जलविद्युत् कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, नेशनल हाइड्रो डेभलपर ५.३६, जानकी फाइनान्स ४.८५, गुडविल फाइनान्स ४.२८, श्री इन्भेष्टमेन्ट, घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्ट, पोखरा फाइनान्स, माउन्टेन इनर्जी, पोखरा फाइनान्स, जोशी हाइड्रोपावर, बेस्ट फाइनान्स र सेन्टर फाइनान्सको मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ । घट्दो बजारमा आज गोर्खा फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य करिब १० प्रतिशतले घटेको छ ।