बाबुरामले भने- प्रचण्डले अझै केहि बर्ष अबोध कार्यकर्ता झुक्याउने दस्ताबेज ल्याए

  • प्रकाशित मिति : २०७८ पुष १३, मंगलवार
  • chhanbin.com

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रको जारी महाधिवेशनमा प्रस्तुत दस्ताबेज काल्पनिक समाजवादको स्वैरकल्पनाको पोकोजस्तो लागेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत ट्विट गर्दै भट्टराईले पुरानै एकदलीय व्यवस्थाको धङधङी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको लागेको टिप्पणी गरेका हुन् ।

उनले यो दस्ताबेजले फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने टिप्पणी गरे । अबोध कार्यकर्तालाई फेरि केही वर्षका लागि झुक्याउने खेल भएको भट्टराईले बताए ।