आज सुनको भाउ घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • प्रकाशित मिति : २०७८ पुष १३, मंगलवार
  • chhanbin.com

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएकोमा आज २०० रूपैयाँ घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।