सेनामा ब्यापक उथलपुथल, कसको कहाँ भयो सरुवा (विवरण सहित)

  • प्रकाशित मिति : २०७८ पुष १३, मंगलवार
  • chhanbin.com

सैनिक मुख्यालय, जंगी अड्डाले नेपाली सेनाका उच्च अधिकृतहरुको जिम्मेवारी हेरफेर गरेको छ। वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले सेनाको कमाण्ड सम्हालेपछि भएको यो सबभन्दा ठूलो सरुवा र जिम्मेवारी हेरफेर हो।

जंगी अड्डास्रोतका अनुसार उपरथी अनन्त कार्कीलाई राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा सरुवा गरिएको छ भने उपरथीद्वय सीताराम खड्का र निरञ्जनकुमार श्रेष्ठलाई क्रमशः सैनिक तालिम महानिर्देशनालय र निरीक्षणाधिकृत विभागमा सरुवा गरिएको छ। उपरथी अशोकराज सिग्देल व्यवस्था, नीति तथा योजना विभाग र विज्ञानदेव पाण्डे शोध तथा विकास महानिर्देशनालयमा सरुवा भएका छन्।

उपरथीमा बढुवा भएका योगराज शर्मा उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिमा सरुवा भएका छन्। त्यसैगरी, उपरथी प्रदिपजंग केसी सैनिक गुप्तचर (इन्टिलेन्स कोर)को प्रमुख बनेका छन्।

सेनाले उपरथीमात्र होइन, सहायकरथीहरु पनि ठूलो संख्यामा सरुवा गरेको छ। जसमा गौरव केसी सबैभन्दा महत्त्वपूर्ण भूमिकामा पुगेका छन्। केसी सैनिक सचिव विभागको प्रमुखमा सरुवा भएका छन्। प्रधानसेनापतिको सबभन्दा निकटमा रहने सैनिक सचिवको जिम्मेवारी सेनामा निकै महत्त्वपूर्ण मानिन्छ।

सैनिक सचिव रहेका सुनिल श्रेष्ठ पारिवारिक समस्या देखाएर त्यहाँबाट सरुवा भएपछि केसीलाई सैनिक सचिव बनाइएको हो। केसी प्रधानसेनापति प्रभुराम शर्माकै पल्टन पुरानो गोरख गणका हुन्। उनलाई तत्कालीन प्रधानसेनापति गौरवशमशेर जबराले पनि आफ्नो कोर टिममा राखेका थिए। त्यस्तै नारायण सिलवाल सैनिक प्रवक्ताको जिम्मेवारीमा आएका छन्।

त्यस्तै, १५ बाहिनीका बाहिनीपति टंक भट्ट पश्चिम कमाण्डमा सरुवा भएका छन्। उनको ठाउँमा पोखरामा रहेका जोन्सन खड्काको सरुवा भएको छ।

यी हुन् सरुवा भएका सहायकरथी

विष्णुकुमार खड्का, १ नम्बर बाहिनीपति
भोलानाथ थापा,राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय
कृष्णप्रसाद भण्डारी,२१ नम्बर बाहिनीपति
प्रकाशराज थापा, मध्य कमाण्ड
भुवन खत्री, विशेष फौज बाहिनीपति
ज्योतिन्द्र महत, २६ नम्बर बाहिनीपति
कुमार सिलवाल, १६ नम्बर बाहिनीपति
मिनध्वज खड्का, तालिम योजना तथा अभ्यास निर्देशनालय
लवकुमार रायमाझी, राष्ट्रिय सेवा दल
रामनाथ शर्मा ढुंगाना, उपत्यका कमाण्ड
दिपककुमार बानियाँ, तालिम निर्देशनालय
शंकर पण्डित, मानव अधिकार निर्देशनालय
होमनाथ दवाडी, राष्ट्रिय सुरक्षा परिषद सचिवालय
यामप्रसाद ढकाल, विपद व्यवस्थापन निर्देशनालय
सागरबहादुर थापा, सैनिक प्रशासन तथा व्यवस्थापन निर्देशनालय
विजय थापा, सैनिक कल्याणकारी योजना
आशबहादुर तामाङ, वार कलेज
सुदर्शन सिलवाल, मध्य कमाण्ड
सुशीलकुमार भण्डारी, निरीक्षण निर्देशनालय
विष्णु राउत, भर्ना छनोट निर्देशनालय
सन्तोषबल्लभ पौडेल, शान्ति कार्य निर्देशनालय
नारायण सिलवाल, सैनिक प्रवक्ता
सुनिल श्रेष्ठ, सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालय
यमबहादुर अधिकारी, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय
कुमारबाबु थापा, सैनिक संगठन निर्देशनालय
मदनकुमार केसी, सीमा अनुगमन तथा सर्भे निर्देशनालय
ध्रुवप्रकाश शाह, पूर्वी कमाण्ड
कृष्णराज आचार्य, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय
हरेन्द्र पाठक, आपूर्ति तथा परिवहन निर्देशनालय
टिकाराम गुरुङ, सैनिक सामग्री प्राप्ति निर्देशनालय
प्रेम बहादुर पुन, ३ नम्बर बाहिनीपति
कृष्ण बहादुर जिसी, सैनिक कमाण्ड तथा स्टाफ कलेज
सुनिलराज विष्ट, पश्चिम कमाण्ड
नवराज गुरुङ, २२ नम्बर बाहिनीपति
रविन्द्र खत्री, १९ नम्बर बाहिनीपति
रामप्रसाद अधिकारी, २३ नम्बर बाहिनीपति