भ्युज बढाउन छाडा चीज राखेको आरोपमा यी युट्युबरलाई प्रहरीले खोरमा जाक्यो

  • प्रकाशित मिति : २०७८ पुष १२, सोमबार
  • chhanbin.com

भ्युज बढाउन अश्लील सामग्री राखेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ। केन्द्रीय साइबर ब्युरोको टोलीले साथीभाई अनलाइन टिभी नामक युट्युब च्यानलका सन्चालक रामबहादुर मल्ललाई पक्राउ गरेको हो।

ब्युरोको टोलीले बागलुङको साविक देविस्थान गाउँपालिका-३ निसिखोला स्थायी घर भएका ३१ वर्षीय मल्ललाई काठमाडौँको अनामनगरबाट पक्राउ गरेको हो। मल्लमाथी जिल्ला अदालत काठमाडौँबाट ५ दिनको थुना म्याद लिएर अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ।

अश्लिल सामग्री राख्ने युट्युबरलाई पछिल्लो समय ब्युरोले समातिरहेको छ।