ओलीकै अहंकारले एकता भत्किएको टुंगो लगाएका प्रचण्डले आफूले आफैलाई लगाए यस्तो दोष

  • प्रकाशित मिति : २०७८ पुष १२, सोमबार
  • chhanbin.com

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी ओलीको दम्भ र अंहकारले नेकपा एकता भत्किएको आरोप लगाएका छन्। हिजोदेखि जारी माओवादीको आठौं महाधिवेनको बन्द सत्रमा राजनीतिक प्रतिवेशन पेश गर्ने क्रममा प्रचण्डले एमालेसँगको एकताबारे समीक्षा गर्दै यस्तो आरोप लगाएका हुन्।

प्रचण्डलाई उद्धृत गर्दै महाधिवेशनमा सहभागीले एक नेताले भने, “एमालेसँगको एकता गलत थिएन तर ओलीकै दम्भ र अहंकारले एकता प्रक्रिया टिक्न सकेन।” हिजो महाधिवेशनको बन्दसत्र तथा त्यसको अघिल्लो दिन नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट तथा छलफलमा पनि प्रचण्डले पार्टी एकता नचाहँदा नचाहँदै भत्किएको बताएका थिए। उनले त्यस क्रममा आफूहरूबीच कमजोरी रहेको र त्यसको समीक्षा गर्नुपर्ने बताएका थिए।