बागमती प्रदेश लोकसेवाले माग्यो २९७ स्थायी कर्मचारी, आवेदन दिने म्याद कहिले सम्म ?

  • प्रकाशित मिति : २०७८ पुष १२, सोमबार
  • chhanbin.com

बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सह-लेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो ।

आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो । २ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।