प्रदेश २ को नाम मधेश कि मिथिला ? अथवा जानकी ?

  • प्रकाशित मिति : २०७८ पुष १२, सोमबार
  • chhanbin.com

प्रदेश २ को नामकरणका प्रदेशसभामा फेरि एकपटक प्रक्रिया सुरु गरिएको छ। राजनीतिक दलहरुले प्रदेशसभामा नामका प्रस्ताव प्रस्तुत गरिसकेका छन्। प्रदेशसभा बैठकमा प्रदेशको नाम तोक्न ‘मधेस’, ‘मिथिला–भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेस’ प्रस्ताव पेस भएको हो।

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले ‘मधेस’ प्रस्ताव गरेको छ। जसपा र माओवादी केन्द्रले पेस गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको छ।

अर्को सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेशको नामका लागि ‘मिथिला–भोजपुरा’ प्रस्ताव पेस गरेको छ भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले ‘मध्यमधेस’ प्रस्ताव पेस गरेका हुन्।

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रदेशको नामकरणका लागि ‘जानकी’ पेस गरेको छ। जसलाई नेकपा एमालेले पनि समर्थन गरेको छ। तर प्रदेशको नामकरणका लागि मधेस र मिथिलाबीचको अन्तर्विरोध सबैभन्दा बढी देखिएको छ। मधेसका पक्षमा उभिएका दलहरु प्रदेशका नाम मिथिला स्वीकार्न नसक्ने अडानमा छन् भने मिथिलाको वकालत गर्नेहरु प्रदेशको नाम यो भूमिको प्राचीनता तथा भाषासंस्कृतिलाई टेकेर मिथिला नै राख्नुपर्ने अडानमा छन्।

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रदेशको नामकरणका लागि ‘जानकी’ पेस गरेको छ। जसलाई नेकपा एमालेले पनि समर्थन गरेको छ। यही अन्तरविरोधका बीच प्रदेश २ को नामकरण विगत ४ वर्षदेखि अडकिएको छ। एक पटक त प्रदेशसभामा नाम र राजधानीका लागि भएको मतदान गरेर टुंगो लगाउने प्रयास पनि विफल भइसकेको छ। एकपटक फेरि प्रदेशसभामा प्रयास सुरु भएको छ तर पुरानै अन्तरविरोध कायमै छन्।