भायानेटले ८०० रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट दिने, अरु यस्ता छन् झन् दामी सुविधा

  • प्रकाशित मिति : २०७८ पुष ११, आईतवार
  • chhanbin.com

इन्टरनेट सेवा प्रदायक भायानेटले नयाँ वर्ष २०२२ को उपलक्ष्यमा ‘मिनी इन्टनेट प्लान’ अफर ल्याएको छ ।

यस प्लान अन्तर्गत भायानेटले थोरै इन्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्नेछ । मिनी प्लान योजना अनुसार वार्षिक ग्राहक बन्नेलाई ७५ एमबीपीएस स्पीडको इन्टरनेट प्रतिमहिना ८०० रुपैयाँमै पाउने छन् ।

साथै, भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गर्नेछ । यस सिम मार्फत ग्राहकहरुले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा पाउने छन् । त्यस्तैगरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।

भायानेटले दुई हप्ता अघि मात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरु पनि ल्याएको थियो । जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो । यस अल्ट्राफाई प्रोडक्ट लाइनहरुको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र रू. १२५० प्रति महिनामा १७५ एमबिपिएस इन्टरनेट प्लानका साथै २ वटासम्म भायाटिभीे प्याकेजको सदस्यता निःशुल्क पाइन्छ ।

मिनी इन्टरनेट प्रोडक्ट लाइनका साथ भायानेटले आम जनमानस मात्र नभई उच्च स्पीड इन्टरनेट चाहिने तर कम इन्टरनेट प्रयोग हुने सीमित मार्केटको आवश्यकता पूरा गर्दछ । भायानेट, नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक हो ।