एमालेको जस्तै संरचनालाई माओवादीले हुबहु लागु गर्ने, माओवादीमा अब १५ पदाधिकारी

  • प्रकाशित मिति : २०७८ पुष ११, आईतवार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रले अध्यक्षसहित १५ पदाधिकारीहरुको प्रस्ताव गरेको छ । प्रवक्ता कृष्णबहादुर महराले एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उप महासचिव र ३ सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी रहने गरी विधान परिमार्जनको प्रस्ताव महाधिवेशनमा जाने बताएका छन् ।

एमालेसँग एकीकरण पूर्व माओवादीले बहुपदीय संगठनात्मक प्रणालीलाई अपनाउँदै आएको थियो । तर एमालेसँगको एकता भंग भएपछि भने माओवादीमा अध्यक्ष मात्रै सक्रिय रहेका थिए । वरिष्ठ उपाध्यक्ष र उप महासचिवको व्यवस्था भने माओवादीले पहिलो पटक गर्न लागेको हो ।

आइतबारबाट सुरु हुने आठौं महाधिवेशनमा नीति पारित गर्ने र अध्यक्ष बाहेक अन्य पदाधिकारीको चयन नहुने यसअघि जनाइसकेको छ। अध्यक्ष बाहेक अन्य पदाधिकारीहरुलाई केन्द्रीय कमिटीले चुन्ने व्यवस्था छ । एमालेको जस्तै संरचनालाई माओवादीले हुबहु लागु गर्ने भएको छ।