दुई लाख ५५ हजारले एकैदिन लगाए कोरोना खोप, कोप लगाउनेको संख्या कति पुग्यो ?

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

नेपालमा एकैदिन दुई लाख ५५ हजार नागरिकले कोरोनाविरुद्ध खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले कोरोनाविरुद्ध खोप लगाएका हुन्।

हालसम्म २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ। जसमध्ये ९९ लाख ८५ हजार ५६८ जनाले पूर्ण मात्रा र १ करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।