आफु बाहेक अरूले माओवादी पार्टी चलाउन नसक्ने प्रचण्डले गरे दाबी

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश, जनता, आन्दोलनका लागि अझै आफ्नो नेतृत्व आवश्यक रहेको दाबी गरेका छन्। शनिबार सम्पादकहरुसँग कुरा गर्दै प्रचण्डले आफू नेतृत्व छोड्न तयार भए पनि अहिलै छाड्दा राम्रो नहुने निष्कर्षमा पुगेको बताए।

माओवादीको एउटौ कमिटीमा म, पोष्टबहादुरजी, यहाँ भएका साथीहरु एउटै कमिटीमा थियौं, प्रचण्डले भने, समयानुसार अहिले पनि क्रान्ति, आन्दोलन जोगाउन एउटा दरिलो नेतृत्व चाहिन्छ भनेरै यही लिडरसिपमा जाने निष्कर्षमा पुग्यौ, अझै ४/५ वर्ष नेतृत्व रहन्छ।

माओवादी आन्दोलन सकाउन जति लागे पनि नसक्ने उनले जिकिर गरे। माओवादी आन्दोलन हो, माओवादीको मुख्य योगदानकै कारण गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था कायम गरेको हो। यसलाई कसैले चाहेर तोक्न सक्तैन यो शताब्दीसम्म रहन्छ। मन नपरे पनि रहन्छ, उनले भने।