चुनाब घोषणा नहुन्जेल संसद अबरोध गर्ने ओलीले सुनाए अरू यस्ता योजना

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, ‘एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो? स्पष्ट हुनुपर्छ।’

उनले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति संघर्ष गरिरहने बताए। ‘आफूहरूले पार्टीबाट ‘निष्कासन गरेका मान्छेहरू’लाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि जाँदैनौं। संसदमा सहभागी भए अवरोध पनि जारी रहन्छ,’ उनले भने।