मनाङ्गले पायो कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य, टेकबहादुरका कारण टेकप्रसादलाई चिठ्ठा

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

नेपालको प्रजातान्त्रिक आन्दोलनमा हिमाल पारीको जिल्ला भनेर चिनिएको हिमाली जिल्ला मनाङ्गको ठुलो भूमिका थियो। त्यहि मनाङ्गले पहिलोपटक नेपाली कांग्रेसको केन्द्रमा गरिमामय उपस्थिति जनाएको छ। नेपाली कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशन बाट सानदार मत सहित टेक बहादुर गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भए संगै मनाङ्गले कांग्रेस केन्द्रमा लोभलाग्दो उपस्थिति देखाएको हो।

हुन त टेकबहादुर गुरुङ मनाङ्ग कांग्रेसको सभापति छँदै कांग्रेसको केन्द्रमा हलचल मच्चाउने हैसियत राख्थे। मनाङ्गका बाढी पिडितलाई राहत वितरण गरेर होस् या त बिकाश निर्माणका काममा राज्यलाई सामेल गराएरै किन नहोस् गुरुङको सक्रियता उल्लेखनिय थियो। तर अब पार्टीको केन्द्रीय सदस्य भएपछि मनाङ्गले थप प्रगति गर्नेछ। राज्यमन्त्रीको भूमिकामा हुँदा गरेका लोकप्रिय कामले गर्दा गुरुङ्गले केन्द्रीय सदस्यमा लोकप्रिय मत मात्र पाएनन् आर्का एक जना कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित समेत गराईदिए।

चितवनका टेक प्रसाद गुरुङ मनाङ्गका टेकबहादुर गुरुङका कारण केन्द्रीय सदस्यमा निर्वाचित भएको टिप्पणी आज कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकमा भाग लिने सदस्यहरुले नै गरे। भएको के थियो भने मतपत्रमा टेकप्रसादको १६ औं नम्बर र टेक बहादुरको १७ औं नम्बरमा नाम थियो। मतदाता झुक्किएर टेक प्रसादलाई भोट हाल्दा उनको जित भएको चितवन कांग्रेसकै एक नेता बताउछन। यदि टेक बहादुरको मत टेक प्रसादलाई नगएको भए टेक बहादुर गुरुङ दोश्रो लोकप्रिय मत पाउँथे।