विश्वप्रकाशलाई गगनले उछिने, चौथो नम्बरमा थापा पाँचौमा शर्मा

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसको वरीयतामा महामन्त्री विश्वप्रकाश शर्मा भन्दा गगन थापा अगाडि हुने भएका छन्। १४ औं महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका थिए।

दुई महामन्त्री मध्ये वरीयतामा थापा अगाडि हुने भएका हुन्। सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछिको वरियता थापाको हुने भएको हो। कांग्रेस महाधिवेशनमा निर्वाचितलाई शनिबार पार्टी कार्यालयमा प्रमाणपत्र वितरण गरिएको छ भने आजै केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ।