देउवाले शेखरलाई शुरुमै पेले, २० औं नम्बरमा यसरी थन्क्याए

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

कांग्रेस सभापतिमा दोस्रो स्थान ल्याएका डा शेखर कोइरालाको वरीयता २० औं नम्बरमा राखिएको छ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकअघि शनिबार निर्धारण गरिएको वरीयतामा कोइरालालाई २० औं नम्बरमा राखिएको छ। वर्तमान र पूर्वपदाधिकारीपछिको वरीयतामा उनलाई राखिएको छ।

सभापतिमा पराजित प्रकाशमान सिंह, विमेलेन्द्र निधि डा शेखर कोइराला भन्दा वरीयतामा अघि छन्। नेता रामचन्द्र पौडेल पनि वरीयतामा शेखर अघि छन्। ‍देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्त्व दिएका छन् । वरियतामा शेखर यस अघि ३५ औं नम्बरमा थिए।