प्रचण्डको भर छैन रातारात ओलीको पाउ मोल्न सक्छन भन्दै समाजवादीका नेताले लगाए आरोप

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहालले रातारात एमाले अध्यक्ष केपी शर्मा ओलीसँग साँठगाँठ गर्न सक्ने बताएका छन् ।

ताप्लेजुङमा आयोजित किसान महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै बाँस्कोटाले दाहालको शैली एकदमै ‘जम्पिङ’ भएकाले उनको अस्थिर स्वभावलाई विश्वास गर्न नसकिने विचार व्यक्त गरे ।

एकीकृत समाजवादीको माओवादीसँग एकीकरण हुन सक्छ कि सक्दैन भन्ने कार्यकर्ताको जिज्ञासामा उनले भने, ‘माओवादीसँग केपी ओलीले जस्तो हठात् कुर्सी उन्मुख भएर हामी एकताको पक्षमा जाँदैनौं ।’

अहिले पनि माओवादीसँग धेरै राजनीतिक मत भिन्नता रहेको र माओवादीमा अहिले पनि एउटा उग्र वामपन्थीको धङधङी भएको दाबी गरे । ‘उग्र वामपन्थ अन्ततोगत्वा दक्षिण पन्थसँग पनि अग्रसर हुन सक्छ,’ बाँस्कोटाले थपे, ‘उनीहरू दक्षिणपन्थी बाटोमा जान्छन् कि भन्नेमा पनि हामी छौं ।’