कांग्रेसका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरुले प्रमाणपत्र लिए

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरुले प्रमाणपत्र लिएका छन्। शनिबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा केन्द्रीय निर्वाचन समितिको तर्फबाट प्रमाणपत्र वितरण गरिएको हो।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका अन्य निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन्। कांग्रेसको चौधौं महाधिवेशनमा मंसिर २४ गतेदेखि सुरु भएको थियो। मंसिर २७ गते सुरु भएको मतदानको अन्ति मतपरिणाम भने पुस ८ गते मात्रै सार्वजनिक भएको थियो।

केन्द्रीय कार्यसमितिका १३४ पदका लागि भएको निर्वाचनमा ४९१ जना प्रतिस्पर्धामा उत्रिएका थिए। निर्वाचितमध्ये ८२ प्रतिशतभन्दा बढी उम्मेदवारहरु सभापति देउवा प्यानलका छन्।