सिटिजन्स बैंकले डलर बेच्न थाल्यो, कहाँ-कहाँ पाईन्छ ?

  • प्रकाशित मिति : २०७८ पुष ९, शुक्रबार
  • chhanbin.com

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाको लागि विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री वितरण सुरु गरेको छ। हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न र ग्राहकहरुको मागलाई पूरा गर्न अमेरिकी डलर आयात गरेको बैंकले जनाएको हो।

विभिन्न प्रयोजनका लागि विदेश जानुपर्र्ने ग्राहकहरुले आवश्यक कागजातहरु बैंकमा बुझाई आफूलाई आवश्यक पर्ने अमेरिकी डलर सहज रुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यस्तो सटही सुविधा हाल काठमाडौँ उपत्यकाको दरबारमार्ग, कुमारीपाटी, बौद्ध, कोटेश्वर, कुलेश्वर, ठिमी, कमलादी, न्यूरोड, डिल्लीबजार, नयाँबजार, भैसेपाटीलगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने छ।

सिटिजन्स बैंकले देशभर आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट करिब १२ लाख ८० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।