यी हुन् कोभिड-१९ का सक्रिय संक्रमित बढी भएका जिल्ला, कुन-कुन जिल्लामा संक्रमित छैनन् ?

  • प्रकाशित मिति : २०७८ पुष ९, शुक्रबार
  • chhanbin.com

नेपालमा हाल पाँच हजारभन्दा बढी कोभिड-१९ का सक्रिय संक्रमितहरू रहेका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौं उपत्यकामा छन्। जहाँ ७ सय ९५ जना सक्रिय संक्रमितहरू छन्।

त्यस्तै कास्की, बाँके र कैलालीमा दुई सय बढी संक्रमितहरू रहेका मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या शून्य भएका जिल्लाहरूमा डोल्पा, हुम्ला, मुगु, रुकुम पश्चिम र बाजुरा छन्।

नेपालमा हालसम्म ९ लाख २३ हजार १६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भइसकेको मन्त्रालयको तथ्यांकमा छ भने ८ लाख १० हजार २७१ जनामा कोरोना निको भइसकेको र ११ हजार ५ सय ८२ जनाको मृत्यु भएसको मन्त्रालयले जनाएको छ।

हाल ४ हजार ८ सय १७ जना होम आइसोलेसन, २ सय ३१ जना संस्थागत आइसोलेसन, ७७ जना आईसीयू र २१ जना भेन्टिलेटरमा रहेका पनि मन्त्रालयले जनाएको छ।