केन्द्रीय समिति बैठकका एजेण्डा छान्न बालुवाटारमा कांग्रेस नेताको बैठक जारी

  • प्रकाशित मिति : २०७८ पुष ९, शुक्रबार
  • chhanbin.com

नेपाली काँग्रेसका नेताहरु पार्टीको केन्द्रीय समिति बैठकअघि छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवासहितका नवनिर्वाचित पदाधिकारीहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा शेखर कोइराला प्यानलबाट निर्वाचित भएका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा लगायतका नेताहरुको उपस्थित रहेको छ । एक नेताका अनुसार बैठकबाट शनिबार बस्ने केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल हुनेछ । काँग्रेस केन्द्रीय समिति बैठक शनिबार १ बजेका लागि बोलाइएको छ ।