जसलाई पराजित गरे उनै संग कांग्रेस प्रदेश २ का सभापतिले यसरी आशिर्वाद लिए

  • प्रकाशित मिति : २०७८ पुष ९, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेस प्रदेश २ को सभाापतिमा निर्वाचित कृष्णा यादवले प्रत्यासी रामसरोज यादवलाई भेटेर आर्शिवाद लिएका छन्।

प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका रामसरोजको सरकारी निवासमा पुगेर सभापति कृष्णाले आर्शिवाद लिएका हुन्।कृष्णाले प्रदेशमा कांग्रेसलाई सुदृढ र बलियो बनाउन सभापतिमा पराजित रामसरोजसँग सहयोग मागेका छन्।

‘आन्तरिक प्रतिस्पर्धा सकियो। प्रदेशमा कांग्रेसलाई मजबुत बनाउनु छ। तपाईंको सहयोग चाहिन्छ,’ कृष्णाले भनेका थिए,‘तपाईंको आर्शिवाद र सहयोग चाहिएको छ।’ शुक्रबार सम्पन्न निर्वाचनमा रौतहटका जिल्ला सभापतिसमेत रहेका कृष्णा प्रदेशमन्त्री रामसरोजलाई पराजित गरी प्रदेश सभापतिमा निर्वाचित भएका हुन्। कृष्णाले ९९६ मत पाउँदा रामसरोजले ८५५ मत ल्याएका थिए।