आफ्नै प्रदेशमा बिमलेन्द्र निधि भए सोत्तर, कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

  • प्रकाशित मिति : २०७८ पुष ९, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षका उनी ९९६ मतसहित विजयी भएका हुन्।

विमलेन्द्र निधि र शेखर कोइराला पक्षबाट सभापतिका उम्मेदवार बनेका रामसरोज यादवले ८५५ मत ल्याए। विजयी यादव यसअघि रौतहट कांग्रेसका सभापति थिए।

निधि-शेखर पक्षका सभापतिका उमेदवार यादव प्रदेश २ का संसदीय दलका नेता तथा मन्त्री पनि हुन्। प्रदेश सभापतिका लागि बिहीबार मतदान भएको थियो। आज बिहान मतगणना सकिएको हो।