कांग्रेसको खसआर्य केन्द्रीय सदस्यमा मंजु अगाडी, अरू कसको मत कति ?

  • प्रकाशित मिति : २०७८ पुष ८, बिहीबार
  • chhanbin.com

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खसआर्य महिलामा मञ्जु खाणले अग्रता लिइरहेकी छिन् । तीन हजार दुई सय मत गणना हुँदा गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जुले अग्रता लिएकी हुन् ।

उनी १४४४ मतसहित पहिलो स्थानमा छिन् । नानू बाँस्तोला १३५३ मतसहित दोस्रो, प्रतिमा गौतम १२८६ सहित तेस्रो, चम्पादेवी खड्का १२८० मतसहित चौंथो, कान्तिका सेजुवाल १२६९ सहित पाँचौं, विद्या तिमल्सिना १२२१ सहित छैटौं र लीलाकुमारी नेपाल ११८६ मतसहित सातौं स्थानमा छिन् । महिला कोटाबाट ६ सदस्य निर्वाचित हुनेछन् ।