आदिवासी जनजाति कांग्रेस केन्द्रीय सदस्यमा को-को छन् अगाडी ? यस्तो छ पछिल्लो नतिजा

  • प्रकाशित मिति : २०७८ पुष ८, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा हाल आदिवासी जनजाति पुरुष क्लस्टरको मतगणना हुँदैछ।

४ हजार ६८२ मत खसेकोमा हालसम्म ३ हजार मत गणना भइरहेको छ। प्रारम्भिक मतपरिणाम अनुसार हालसम्म चिनकाजी श्रेष्ठ र उमेश श्रेष्ठले अग्रता कायम गरेका छन्। ३ हजार मत गणना हुँदै चिनकाजी श्रेष्ठले १ हजार ४९६ र राज्यमन्त्री उमेर श्रेष्ठले १ हजार २७८ मत प्राप्त गरेका छन्।

बहादुरसिंह लामा १ हजार ३५७ मत सहित तेस्रोमा छन्। टेक बहादुर गुरुङ १ हजार २८४ मत पाएर चौथोस्थानमा रहँदा दिलमान पाख्रिन १२५० मत पाउँदै पाँचौस्थानमा छन्। त्यसपछि छैठौंमा आङगेलु शेर्पाले १ हजार १८९ मत, सातौंमा तारामान गुरुङले १ हजार १७१ र आठौं टेक प्रसाद गुरुङ १ हजार ९९ मत पाएका छन्।

यो क्लस्टरबाट १५ जनाबिचको प्रतिस्पर्धाबाट ८ जना उम्मेदवार केन्द्रीय सदस्यमा निर्वाचित हुनेछ। आज साँझसम्म केन्द्रीय सदस्यको मतगणना सकिने जनाइएको छ।