बागमती प्रदेशसभाको बैठक एमालेले अवरुद्ध गरेपछि अनिश्चितकालका लागि बैठक स्थगित

  • प्रकाशित मिति : २०७८ पुष ८, बिहीबार
  • chhanbin.com

बागमती प्रदेशसभाको आजको बैठक पनि एमालेले अवरुद्ध गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा एमालेका प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारका बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए ।

यसपछि सभामुख श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित भएको बताए ।

आजको बैठकमा उद्योग, पर्यटन, उच्च शिक्षासम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । बुधबारको बैठक पनि एमालेको अवरोधपछि स्थगित भएको थियो ।