कांग्रेस दलित महिला केन्द्रीय सदस्यमा देउवा क्याम्पका उम्मेदवारले पारे सोरसार, यी हुन् जित्ने

  • प्रकाशित मिति : २०७८ पुष ८, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेस दलित महिला केन्द्रीय सदस्य पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार विजयी भएका छन्। चारै पदमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा पक्षका उम्मेदवार विजयी भएका हुन्।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावको मतपरिणामअनुसार दलित महिला केन्द्रीय सदस्यतर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएका छन्।

लक्ष्मी र सुजाता यसअघि पनि केन्द्रीय सदस्य थिए भने चितवनकी शान्ति र पाल्पाकी रुपा पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसमितिमा आएका हुन्।