कांग्रेसका नवनिर्वाचित कार्यसमिति सदस्यलाई शुक्रबार प्रमाणपत्र वितरण गरिने भएको छ।पदाधिकारीसहित निर्वाचित १३४ जनालाई शुक्रबार प्रमाणपत्र वितरण गरिने जनाइएको छ।
मतगणना विहीबार (आज) सकिने निर्वाचन समितिले जानकारी गराएको छ। खस आर्य र आदिवासी जनजातितर्फको मतगणना जारी रहेको छ। आदिवासी जनजातितर्फ ७ महिला र ८ पुरुष गरी १५ सदस्य चयन हुनेछन्। पुरुष र महिलाका लागि आदिवासी जनजाति तर्फ ८३ जनाको उम्मेदवारी परेको थियो।
खस आर्यतर्फ महिला ६ जना र पुरुष ७ पुरुष गरि १३ जना चयन हुन बाँकी छ। खस आर्यतर्फ महिला केन्द्रीय सदस्यका लागि ३१ र पुरुषका लागि ४३ जनाको उम्मेदवारी परेको छ। आदिवासी जनजाति र खस आर्य तर्फ २८ जना केन्द्रीय सदस्यको चयन हुन बाँकी छ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक शनिबारका लागि बोलाइएको छ।