दुई दिन देखि ओरालो लागेको सुनको भाउ आज ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • प्रकाशित मिति : २०७८ पुष ८, बिहीबार
  • chhanbin.com

नेपाली बजारमा सुनको मूल्य ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तोलामा ७०० रुपैयाँले बढेको जनाएको हो । योसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

दुई दिनदेखि घटेको सुनको मूल्य आज वृद्धि भएको हो ।