खास आर्य कांग्रेस केन्द्रीय सदस्यमा जित नजिक पुगेका यी हुन् सात भाई

  • प्रकाशित मिति : २०७८ पुष ८, बिहीबार
  • chhanbin.com

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खस आर्यतर्फ परिचित अनुहार जिततर्फ अघि बढेका छन् । ७ कोटामा २८५० मतगणना हुँदासम्म केशवकुमार बुढाथोकी पहिलो नम्बरमा छन् ।

गोविन्द्रबहादुर शाह दोस्रोमा, मधु आचार्य तेस्रेमा, भीम पराजुली चौथो र श्याम घिमिरे पाँचौंमा छन् ।

नारायणबहादुर कार्की छैठौंमा रहेका छन् । यी ६ मध्ये आचार्यमात्रै शेखर कोइराला पक्षका हुन् । बाँकी सबै संस्थापन शेरबहादुर देउवानिकटका हुन् । मतगणनामा सुरुवातदेखि यी नेताले अग्रता बनाएका हुन् ।