यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • प्रकाशित मिति : २०७८ पुष ८, बिहीबार
  • chhanbin.com

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५९ पैसा र बिक्री दर १२१ रुपैयाँ १९ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ १० पैसा र बिक्री दर १३६ रुपैयाँ ७८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २७ पैसा र बिक्री दर १६१ रुपैयाँ ७ पैसा छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ४९ पैसा र बिक्री दर १३१ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३० पैसा र बिक्री दर ८६ रुपैयाँ ७३ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ३० पैसा रहेको छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५५ पैसा र बिक्री दर १० रुपैयाँ ६० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९३ पैसा र बिक्री दर १९ रुपैयाँ २ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ १२ पैसा र बिक्री दर ३२ रुपैयाँ २८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १२ पैसा र बिक्री दर ३३ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ११ पैसा र बिक्रि दर १० रुपैयाँ १६ पैसा कायम भएको छ।