कांग्रेस प्रदेश नं. २ को अधिवेशनमा दोहोरो हानाहान हुँदा सात घाईते

  • प्रकाशित मिति : २०७८ पुष ७, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेस प्रदेश नं. २ को अधिवेशनमा झडप भएको छ। निर्वाचन गराउने या नगराउने भन्नेमा विवाद उत्पन्न हुँदा कुटाकुटसमेत भएको हो।

यो प्रदेशमा रामसरोज यादव र कृष्ण यादवले सभापतिमा उम्मेदवारी दिएका छन्। निर्वाचनस्थल जनकपुरको गोपाल धर्मशालास्थलसमेत तोडफोड भएको छ। दुई उम्मेदवारका समूह बीच झडप भएको हो।

सो कुटाकुटमा आधा दर्जन व्यक्ति घाइते छन्। निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन ढिलो गरेको र मतपत्र समयमै नछापेपछि निर्वाचन ढिला भएको भन्दै विवाद सुरु भएको थियो ।

प्रदेश २ मा विभिन्न ७२ सिटका लागि १७४ जना उम्मेदवार छन्।