धुर्मुसले आठ लाख ८७ हजार नतिरेपछि बिजुली अफिसले काटिदियो लाईन

  • प्रकाशित मिति : २०७८ पुष ७, बुधबार
  • chhanbin.com

करिब ९ लाख बिजुलीको बिल बक्यौता भएपछि भरतपुरस्थित नेपाल विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन रंगशालाको बिजुली काटिदिएको छ।

भरतपुर महानगरपालिका-१६ मा बनिरहेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि फाउण्डेशनले लिएको विद्युतको बक्यौता नतिरेकोले लाइन काटेको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार फाउण्डेशनले आठ लाख ८७ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ।

त्यस्तै, प्राधिकरणले मदिरा उत्पादक कम्पनी माउन्ट एभरेस्ट ब्रुअरीको पनि बिजुली काटिदिएको छ। ब्रुअरीले ३७ लाख ४१ हजार ३ सय १७ रुपैयाँ तिर्न बाँकी छ।