९८ वर्षका पुरुषमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७८ पुष ७, बुधबार
  • chhanbin.com

नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको पुष्टि भएको छ। जिन सिक्वेन्सिङ गर्दा एक जनामा कोरोना संक्रमणक ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका ओमिक्रोन पुष्टि हुनेमा ९८ वर्षका पुरुष हुन्। उनी अहिले होम आइसोलेसनमा छन्।

नेपालमा देखिएको यो तेस्रो ओमिक्रोन हो। एक महिनाअघि दुई जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो।