कांग्रेसको १४ औं महाधिवेशनमा खस आर्यतर्फको खुलामा संस्थापन पक्षका उम्मेदवारले अग्रता लिएका छन् । १४ सय मत गणना हुँदा संस्थापनका गोविन्दबहादुर शाह ६०३ मतसहित पहिलो स्थानमा छन् ।
केशवकुमार बुढाथोकी दोस्रो, भीम पराजुली तेस्रो, श्याम घिमिरे चौथो स्थानमा छन् । नारायणबहादुर कार्की पाँचौं स्थानमा हुँदा शेखर कोइराला पक्षका उम्मेदवार छैठौंं स्थानमा छन् ।
खस आर्यमा खुलाबाट ७ केन्द्रीय सदस्य निर्वाचित हुन्छन् ।
खस आर्यमा कसले कति मत ल्याए ?
१.गोविन्दबहादुर शाह ६०३
२.केशवकुमार बुढाथोकी ५९३
३.भीम पराजुली ५७१
४.श्याम कुमार घिमिरे ५३९
५.नारायण बहादुर कार्की ५३१
६.मधु आचार्य ५२८
७.विष्णु कुमार कार्कि ५०७
८.गहेन्द्र गिरि ४९१
९.हरिबोल भन्डारी ४७३
१०.कमल बहादुर शाह ४५७
११.तारा कोइराला ४४०
१२.मेदनी सिटौला ४२५
१३.प्रकाश शर्मा ३६२