२३६ जनामा कोरोना सङ्क्रमण पुष्टि, २७२ जना निको हुँदा २ को ज्यान गयो

  • प्रकाशित मिति : २०७८ पुष ७, बुधबार
  • chhanbin.com

नेपालमा पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ भने २७२ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौँमा ७६ गरी काठमाडौँ उपत्यकामा जम्मा १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ लाख २२ हजार ४३३ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७९ पुगेको छ भने ८ लाख ९ हजार ३५९ जना सङ्क्रमणमुक्त भएका छन् ।